दिल्लीले सन्दीपलाई रिलिज नगर्ने !

काठमाडौँ, २८ कार्तिक । क्रिकइन्फोले आईपीएलका ८ फ्रेन्चाइजले रिलिज गर्न सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ  ।

यसमा नेपालका युवा स्टार सन्दीप लामिछाने भने परेका छैनन् । दिल्लीको सन्दीपसँग ३ वर्षको सम्झौता छ । त्यसैले यसपालि पनि उनलाई दिल्लीले चाहेमा आफूसँगै राख्न सक्छ ।

सन्दीपकै स्तरको खेलाडीलाई भित्र्याउन करोडौं मूल्य खर्चिनुपर्ने भएकाले दिल्लीले उनलाई यसपालि पनि रिलिज नगर्ने सम्भावना बलियो छ ।

क्रिकइन्फोका अनुसार दिल्लीबाट रिलिज हुन सक्ने सम्भावित खेलाडीमा भारतीय स्पिनर अमित मिश्र पहिलो नम्बरमा छन् । ४ करोड भारुमा खरिद गरिएका यी ३६ वर्षीय स्पिनरले गत आईपीएलमा खासै प्रभाव देखाउन सकेनन् । त्यसैले दिल्लीले यसपालि उनलाई छुट्कारा दिनसक्छ ।

ओभरसिज खेलाडीमध्ये क्रिस मोरिस र कोलिन इन्ग्रामलाई दिल्लीले रिलिज गर्ने सम्भावना छ । अलराउन्डर मोरिस ११ करोड र ब्याट्सम्यान इन्ग्राम ६.४ करोडमा खरिद गरिएका हुन्

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate