सीमा सुरक्षा थप मजबुत बनाइँदै

काठमाडौँ, २५ कार्तिक । अतिक्रमण बढेपछि सरकारले सीमामा सुरक्षा बढाएको छ । सशस्त्र प्रहरीले बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) थप गरेको हो । सशस्त्रलाई सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ । सुरक्षा बलको उपस्थिति कमजोर भएपछि अतिक्रमण बढ्दै गएको थियो ।

भारतले सीमामा सुरक्षा उपस्थिति बाक्लो बनाएपछि नेपालको पनि चासो बढेको हो । सीमा निगरानी थप मजबुत बनाउँदै लगिएको सशस्त्रका प्रवक्ता एवं सशस्त्र डीआईजी सुरजकुमार श्रेष्ठको भनाइ छ ।

उनका अनुसार नेपाल–भारत सीमामा १ सय ७ वटा बीओपी छन् । एक वर्षमा २० वटा थप गरिएको हो । पूर्व, पश्चिम र दक्षिणी सीमामा गत वर्षसम्म ८७ वटा मात्रै बीओपी थिए । १५ हजार हाराहारीमा जनशक्ति सीमामा तैनाथ छन् । भारतसँग सीमा जोडिएका २२ जिल्लामा बीओपी छन् । लिम्पियाधुरा–लिपुलेक–कालापानीको विवाद भएको जिल्ला दार्चुलामा भने छैन । पश्चिम पहाडका बैतडी, डडेलधुरा र पूर्वका पाँचथर र ताप्लेजुङमा बीओपी छैन । चालू वर्ष २५ बीओपी थप्ने योजना छ ।

भारतसँग १ हजार ८ सय ८० किलोमिटर सीमामा १८–२० किलोमिटर दूरीमा बीओपी छन् । त्यसलाई घटाएर ५–७ किलोमिटरमा बीओपी राख्ने तयारी छ । दसगजाको एक किलोमिटरभित्रै बीओपी राखिने उनले बताए। सीमानजिकै सकेसम्म ५ सय मिटरभित्र बीओपी बनाउने तयारी छ। हाल दसगजाबाट ४–५ किलोमिटर टाढा छन् । सशस्त्रले बीओपी थपेर २ सयभन्दा बढी पुर्‍याउने योजना बनाएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ वैशाख । कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौँ, १६ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग  मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ

काठमाडौँ, १५ वैशाख । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २

काठमाडौँ, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले २८ बलमा