विश्व तेक्वान्दोको अफिसियल प्रतियोगिता : नेपालले १ रजत ५ कास्य पदक जित्न सफल

काठमाडौँ, २४ कार्तिक । १३ दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा चीनको सिहान शहरमा रहेको नेपाली तेक्वान्दो टोलीका खेलाडीले बिश्व तेक्वान्दोको अफिसियल प्रतियोगिता 2019 The Belt and Rod China Open Taekwondo Championships (G-1) मा १ रजत ५ कास्य पदक जित्न सफल भएका छन् ।

जसमा ज्ञानेन्द्र हमालले रजत पदक र काजल श्रेष्ठ, युनिसा राई, भुपेन श्रेष्ठ, निशा रावल र मनोज मल्लले कास्य पदक जितेका छन् । ७ देखि ९ नोवेम्बर २०१९मा सम्पन्न प्रतियोगितामा महिलातर्फ काजलले ४६ केजी मूनिमा हङकङलाई ६/१५ ले युनिशाले ४९ केजी मुनिमा आफ्गनिस्थानलाई २१/२६ ले र पुरुषतर्फ मनोजले ५४ केजी मूनिमा हङकङ लाई ४/२५ले हराउँदै कास्य पदक जितेका हुन् भने प्रतियोगिताको अन्तिम दिन निशा रावल ७३ केजी माथिमा चिनका खेलाडी संग ५/३ ले पराजित हुदै कास्य पदक, पुरुषतर्फ भुपेन श्रेष्ठले -८७ केजी मुनि चिनका खेलाडीलाई ६/१० सेमिफाइनलमा चिनका खेलाडी ५/४ ले पराजित हुदै कास्य पदक र पुरुषतर्फ ज्ञानेन्द्र हमालले चिनया खेलाडीलाई १६/१५, कोरियालि खेलाडीलाई १७/३० सेमिफाइनलमा चिनया खेलाडीलाई २९/३७ हराउदै फाईनलमा चिनका खेलाडी संग ३२/१५ ले पराजित हुदै रजत पदक जित्न सफल भएका छन भने उक्त प्रतियोगिताको हेड अफ टिम मा मुख्य प्रशिक्षक नबिन कुमार श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरुमा कोरियाली प्रशिक्षक क्यान योङ दाल, ओलम्पियन संगीन र दीपक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा

काठमाडौँ, ८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३२ सय रुपैयाँले

काठमाडौँ, ८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate