काठमाडौँ, २३ कार्तिक । टि–ट्वान्टी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्बल (एमसीसी) सँग नेपाली मिक्स क्रिकेट टोली पारजित भएको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले नेपाली मिक्स क्रिकेट टोलीलाई ११३ रनले पारजित गरेको हो एमसीसीले दिएको १९० रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७६ रन बनायो ।
अब एमसीसी पोखरा भ्रमणमा जाने छ । त्यहाँ एमसीसीले आमन्त्रण-११ र मुख्यमन्त्री-११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।





