काठमाडौँ, २१ कार्तिक । बंगलादेशमा आयोजना हुने एसीसी इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ ।
बुधबार राति नेपाल क्रिकेट संघ क्यानले इमर्जिङ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको सूचीमा कप्तानमा ज्ञानेन्द्र मल्ल र उपकप्तानमा दिपेन्द्रसिंह ऐरी छन् । नेपाली टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् ।
नोभेम्बर १२ देखि २४ सम्म हुने प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङको सहभागिता रहने छ ।





