एमसीसी विरुद्ध भएको खेलमा पारस र सन्दीपले खेलेनन्

काठमाडौँ, १८ कार्तिक । आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध भएको खेलमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने खेलेका छैनन् ।

नेपाली राष्ट्रिय टोलीबिरुद्ध एमसीसीले आज ५० ओभरको खेल खेलिरहेको छ । कप्तान ज्ञानेन्द्र मल्लले खेल अफिसियललाई बुझाएको सूचीमा पारस र सन्दीपको नाम छैन ।

नेपालको प्लेइङ ११ मा कप्तान ज्ञानेन्द्र मल्ल, इशान पाण्डे, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललित नारायण राजवंशी, विक्रम सोव र अभिनाश बोहोरा रहेका छन् ।

यसैगरी एमसीसीमा कप्तान जिमी एडम्स, विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एलेक्स थम्प्सन, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।