बिच भलिबल टोली श्रीलंका प्रस्थान

काठमाडौँ, १७ कार्तिक । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली बिच भलिबल टोली विशेष अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको छ ।

महिला तथा पुरुष राष्ट्रिय बिच भलिबल टोली विशेष अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको हो । १० दिने श्रीलंका बसाइका क्रममा टोलीले अभ्याससँगै खेल पनि खेल्नेछ ।

पुरुषतर्फको टोलीमा मानबहादुर श्रेष्ठ, सञ्जु विक्रम शाह, दिल सुनुवार र राजु विक छन् । महिलातर्फ पूर्व राष्ट्रिय भलिबल टिमकी कप्तान बिनिता बुढाथोकी, कोपिला उप्रेती, नेबिका चौधरी र मनिषा चौधरी रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३२ सय रुपैयाँले

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रङ परिमार्जन

काठमाडौँ, ८ असोज । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको

काठमाडौँ, ८ असोज । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान