विश्वकप छनोटको उपाधि नेदरल्यान्ड्सले जित्यो

काठमाडौँ, १७ कार्तिक । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि नेदरल्यान्ड्सले जितेको छ ।

शनिबार राति यूएईमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो । नेदरल्यान्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट २९ रन बनाए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । त्यस्तै, तेस्रो स्थानको लागि भएको खेलमा आयरल्यान्डले नामिवियालाई २७ रनले पराजित गरेको छ ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा यो छनोटबाट नेदरल्यान्ड्स, पपुवा न्युगिनी, आयरल्यान्ड, स्कटल्यान्ड र ओमान प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३२ सय रुपैयाँले

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रङ परिमार्जन

काठमाडौँ, ८ असोज । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको

काठमाडौँ, ८ असोज । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान