एमसीसीको टोली नेपाल आइपुग्यो

काठमाडौँ, १६ कार्तिक । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपाल आइपुगेको छ ।

एससीसीको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार स्वागत गरेको हो ।

नेपालसँग एमसीसीसँग एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल खेल्नेछ । यसअघि नेपालले २०१५ मा एमसीसीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो ।

आईसीसीको समन्वयमा नेपाल क्रिकेट संघ ९क्यान० र राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा हुन लागेको सिरिजमा नेपालले दोस्रो पटक घरेलु मैदानमा एमसीसीसँग खेल्ने अवसर पाएको हो । समग्रमा तेस्रो पटक एमसीसीसँग भिड्न लागेको नेपालले एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल्नेछ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार एमसीसीले नेपालसँग ५० ओभरको खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा

काठमाडौँ, ८ असोज  । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ः०० बजे

काठमाडौँ, ७ असाेज । प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौँ, ७ असाेज । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना