धेरै देशमा गएर टी-२० खेल्ने क्रिकेटरमा सन्दीप लामिछाने

काठमाडौँ, १४ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी-२० क्रिकेट खेल्ने क्रिकेटर बनेका छन् ।

सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा ‘द क्रिकेट मन्थ्ली’ नामक अन्तर्राष्ट्रिय म्यागेजिनले गरेको सर्वेक्षणमा सन्दीपले ८ देशमा गएर टी-२० खेलेर रेकर्ड बनाएका हुन् ।

उनीसँगै आठ देशमा गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिवुल्लाह जाड्रनको पनि रहेको छ । सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पीएसएल खेलेका छन् । यो बीचमा उनले नेपालका लागि तीन ओटा एक दिवसीय र ११ ओटा टी-२० पनि खेल्न भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा

काठमाडौँ, ८ असोज  । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ः०० बजे

काठमाडौँ, ७ असाेज । प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौँ, ७ असाेज । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना