मुख्य प्रशिक्षक स्टामद्वारा राजीनामा

काठमाडौँ, १२ कार्तिक । नेदरल्यान्ड्सको फुटबल क्लब फेएनुर्डका मुख्य प्रशिक्षक जाप स्टामले राजीनामा दिएका छन् ।

आइतबार राति फेएनुर्डले आयाक्ससँग ४–० गोलको हार ब्यहोरेको थियो । यो सिजन निकै खराब प्रदर्शन गरेको फेएनुर्डका मुख्य प्रशिक्षक स्टामले आयाक्ससँग हारेपछि राजीनामा दिएका हुन् ।

उनले टिम सम्हालेपछि यो सिजनमा फेएनुर्डले ११ खेल खेल्दा मात्र तीन खेलमा जित हात पारेको छ । पाँच खेलमा हार र तीन खेलमा बराबरी खेलेको फेएनुर्डले १४ अंक बनाएर लिगको १२औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार