काठमाडौँ, १० कार्तिक । बंगलादेशका ओपनर ब्याट्सम्यान तमिम इकबलले भारतविरुद्धको टेष्ट र टी–२० क्रिकेट नखेल्ने भएका छन् ।
मिमले व्यक्तिगत कारण देखाउँदै भारत टुरबाट आफ्नो नाम फिर्ता लिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ ।
उनको स्थानमा बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी० ले इमरुल कायसलाई टिममा बोलाएको छ । तमिमकी श्रीमतीले यही महिनाको अन्त्यमा दोस्रो सन्तानको रुपमा बच्चा जन्माउने मिति छ । त्यहि कारणले तमिमले भारत टुरमा नजाने भएका हुन् ।
बंगलादेशले भारतसँग नोभेम्बर तीनदेखि १० सम्म तीन खेलको टी–२० क्रिकेट सिरिज खेल्नेछ ।






