जिन्कमाथि लिभरपुलको शानदार जित

काठमाडौँ, ७ कार्तिक । लिभरपुलले युइउफएफ च्याम्पियन्स लिगमा बेल्जियमको जिन्कमाथि शानदार जित निकालेको छ ।

बुधबार राति भएको समूह ईको खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले बेल्जियमको जिन्कमाथि उसैको मैदानमा ४–१ को शानदार जित निकालेको हो ।

लिभरपुलका लागि एलेक्स ओक्सलाडे चेम्बरलेनले दुई, साडियो माने र मोहमद सलाहले एक एक गोल गरे । जिन्कका लागि स्टेफन ओडेले एक गोल गरे ।

जितसँगै समूह ‘इ’ मा लिभरपुल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित जिन्क १ अंकसहित पुछारमा छ । जितसँगै नेपोली ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा तथा साल्जवर्ग ३ अंकससहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा

काठमाडौँ, ८ असोज  । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ः०० बजे

काठमाडौँ, ७ असाेज । प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौँ, ७ असाेज । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना