काव्यका विद्यार्थी आन्तरिक पर्यटन प्रर्वद्धनमा

काठमाडौँ, ४ कार्तिक । काव्य स्कुल नयाँबानेश्वरका ९ कक्षाका ३१ जना विद्यार्थी यतीखेर आन्तरिक पर्यटन प्रर्वद्धनको साथै शैक्षिक भ्रमणको लागि नेपालका विभिन्न ऐतिहासिक, पर्यटकिय र धार्मिकस्थलको भ्रमणमा गएका छन् ।

काव्यका विद्यार्थी हरेक वर्ष स्वदेशका विभिन्न ठाउँमा मात्रै नभई चीन, थाइल्याण्ड, स्विडेन, अमेरिका लगायतको भ्रमणमा पनि जाने गरेका छन् । विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको नेतृत्वमा सो विद्यालयका संस्थापक निर्देशकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, दिलीप थापा, प्रेमराज अर्याल, विद्यालयकी परामर्शदाता प्रेरणाराज बास्कोटा र होस्टेल वार्डेन बबुल सुब्बा सहितको सो टोलीमा २१ छात्र र १० छात्रा गरी ३१ जना छन । उनीहरु ४ रात ५ दिनको लागि त्यता गएका हुन ।

उनीहरु चौधरी समूहले नवलपरासीमा बनाएको शास्वतधामदेखि बुद्ध जन्मस्थल लुम्विनी, पर्यटकिय क्षेत्र चितवन, पोखरा र मनकामनाको भ्रमण गरेर राजधानी फर्किने योजना रहेको छ ।

विद्यालयले हरेक वर्ष कक्षा ९ का विद्यार्थीलाई दशैं र तिहारको विदाको समयको सदुपयोग गर्दै नेपालका विभिन्न ऐतिहासिक, पर्यटकिय र धार्मिक स्थलको शैक्षिक भ्रमण गराउँदै आएको छ । कितावमा पढेको भन्दा आफ्नै आँखाले देखेको कुरा अविश्मरणीय हुने भएकोले विद्यार्थीलाई यस्ता भ्रमणमा लाने गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर