कक्षा १२ का अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन

काठमाडौँ, ३ कार्तिक । झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन्  । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् ।

उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो । यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरिरहेको थिएँ । ”

मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको उनले बताए । यो ड्रोनमा रातो बत्तीसमेत प्रयोग गरिएको छ ।

हात्तीको नजिकै लगेर ड्रोन उडाएपछि मौरी आएको त्रासमा हात्ती ठूलो आवाजका साथ गर्जंदै जङ्गलतिर भाग्ने गरेको प्रधानले बताए । पाँच किलोमिटर दूरीसम्म रिमोटले काम गर्ने भएकाले आफू पनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय, झापाको समेत सहभागितामा स्थानीय बासिन्दासहितको टोलीले हात्ती धपाउन साइरन ड्रोन परीक्षण गरेको थियो । गत बिहीबार र शुक्रबार राति यसको परीक्षण गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख