राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेट गर्ने

काठमाडौँ, २६ असोज । नेपालको दुई दिने भ्रमणमा आउनुभएका चीनका राष्टपति सी जिनपिङले अध्यक्ष दाहालको नेतृत्वमा बिहान १० स् ३० बजे नेकपाका नेताहरुसँग सामूहिक भेट गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति सीले आइतबार पनि भेटवार्तालाई तीव्रता दिनुहुने भएको छ । नेकपाको सामुहिक भेटमा नेकपाका सचिवालयका सदस्यहरु सहभागि हुने बुझिएको छ । सामूहिक भेटपछि भने अध्यक्ष दाहाल र चिनियाँ राष्टपति सीबीच एक्ला–एक्लै भेटवार्ताको समय पनि निर्धारण गरिएको छ ।

अध्यक्ष दाहालसहितको टोलीसँगको भेटपछि भने राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने कार्यतालिका छ । चिनियाँ राष्ट्रपति सीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

प्रधानमन्त्रीसँगको भेटपछि भने द्विपक्षीय वार्ताको कार्यतालिका छ । नेपाल र चीनबीच विभिन्न परियोजना निर्माणका लागि सम्झौता हुँदैछ । राष्ट्रपति सीको सहभागितामा परियोजनामा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि भने उहाँ दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।

यस अघि भ्रमणमा आउनुभएको पहिलो दिन शनिबार समकक्षी नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले

काठमाडौँ, १५ बैशाख । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ