काठमाडौँ, २६ असोज । भुटानको थिम्पुमा जारी तेस्रो साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने यी दुई देशबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे हुनेछ । नेपाल र भुटान प्रतियोगिताबाट बाहिरिएसँगै भारत र बंगलादेशले प्रतियोगिताको उपाधिका लागि मंगलबार प्रतिस्पर्धा गर्ने तय भएको छ ।
बंगलादेश पहिलो संस्करणको विजेता हो भने भारत दोस्रो संस्करणको उपाधि विजेता हो ।





