नेपाल ओमानसँग हार्‍यो

काठमाडौँ, २३ असोज । पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ ।

टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले ११ ओभरमा ६४ रनमा अलआउट भयो । टिमको स्कोर मात्र दुई रन हुँदा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे । पारस व्यक्तिगत ५ रनमा आउट भए ।

नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । जवाफमा मैदान उत्रिएको ओमानले ११।५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

करण केसीसँगै सोमपाल कामी र सन्दीप लामिछानेले विकेट लिएपछि २७ रन जोड्दा ४ विकेट गुमाइसेको थियो । तर सुरज कुमारले ओमानलाई जित दिलाए । उनी एक्लैले ४२ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ६ असोज । रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीले दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ ।

एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनबारे ‘भ्रम वा झूट’ लेखेको आरोप लगाउँदै शुक्रबार तीन सञ्चार संस्थामाथि ह्वाइट

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको