काठमाडौँ, १८ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार ६ ओटा खेल हुँदैछन् ।
शीर्षस्थानमा रहेको लिभरपुलले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । त्यसअघि सवा पाँच बजे ब्राइटन र टोटनह्याम खेल्नेछन् ।
त्यस्तै बर्नले र एभर्टन, लिभरपुल र लेस्टर, नर्विच सिटी र एस्टोन भिल्ला तथा वाटफोर्ड र सेफिल्डको खेल राति पौने आठ बजे हुनेछ । राति सवा १० बजे वेस्टह्याम र क्रिष्टल प्यालेसले प्रतिस्पर्धा गर्नेछन् ।





