राष्ट्रिय क्रिकेट टिम आज सिंगापुर जाँदै

काठमाडौँ, ८ असोज । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर प्रस्थान गर्दैछ ।

शुक्रबारदेखि सुरु हुने सिंगापुर र जिम्बावे सम्मिलित ट्राई प्रतियोगिता खेल्नका लागि नेपाल बुधबार राति सवा १० बजे सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्नेछ ।

नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ । त्यसपछि नेपाली टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताका लागि ओमान प्रस्थान गर्नेछ । ओमानमा नेपालले घरेलु टोलीसहित हङकङ, नेदरल्याण्ड्स, आयरल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको