अब सिमकार्डमा पनि ‘केवाईसी’ लागू हुने

काठमाडौँ, ८ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैँकमा जस्तै ग्राहक पहिचान गर्न ‘नाे योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।

सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई विवरणलाई व्यवस्थित बनाउने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याएको हो ।

आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ । यसअघि बैँकहरुले मात्रै अनिवार्य गर्दै आएको केवाईसी पहिलो पटक सिमकार्डमा पनि अनिवार्य गर्न लागिएको हो ।

जथाभावी रुपमा सिमकार्डहरुको खरीद, बिक्री तथा वितरण गर्ने कार्यले गर्दा फोनमार्फत हुने आपराधिक गतिविधि बढेको हुँदा प्राधिकरणले केवाईसी अनिवार्य गर्न लागेको छ । यो समाचार आजकाे कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६

काठमाडौँ, १२ असोज । कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको