हाँस्दा हाँस्दै हड्डी खुस्किएर मुख आँको आँ भएपछि…

एजेन्सी । चीनमा एकजना महिला हाँस्दा हाँस्दै उनको मुख नै आँ‘ भैरह्यो र बन्द गर्न सकिनन् ।

रेलको यात्राका क्रममा ती महिला हाँसिरहेकी थिइन् । यात्रुहरुले उनलाई केही मिनेटसम्म अट्टहास हाँसिरहेको देखेका थिए । उनको हाँसो त रोकियो, तर उनको मुख चाहीँ खुलेको खुल्यै भयो ।

मुख बन्द नभएपछि तत्कालै रेलमा रहेका डाक्टरलाई बोलाइयो । डाक्टरहरुका अनुसार ती महिलाको हाँसो यति कडा गएछ कि उनको दाँत रहने हड्डी नै खुस्किएछ । जसका कारण उनको मुख खुलेको खुल्यै भयो ।

वास्तवमा उनको दाँत रहने हड्डी विगतमा गर्भावस्थामा अत्यधिक बान्ता गर्दा समेत एकपटक खुस्किएको रहेछ । अन्ततः पछिल्लोपटक पनि डाक्टरहरुले उनको खुस्किएको हड्डीलाई ठीक पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी