काठमाडौँ, २३ भदौ । नादेझ्दा कप फुटबल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
किर्गीस्तानमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २-० ले पराजित भएको हो । जितसँगै उज्वेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ ।
नेपालको दुई खेलबाट ३ अंक रहेको छ । अब नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ ।





