धोनी र गेललाई उछिन्दै वरियतामा पारस अगाडि

काठमाडौँ, २१ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको नयाँ टि ट्विान्टी क्रिकेट वरियतामा पारस खड्का ब्याटिङतर्फ ६८ स्थानमा पुगेका छन् ।

पारसले भारतीय विकेटकिपर महेन्द्र सिंह धोेनी र वेस्ट इन्डिजन क्रिस गेललाई पछि पारेका छन । धोनी ६९ र गेल ७५ औं स्थानमा छन् । त्यस्तै अलराउन्डरतर्फ पारस २७ औं स्थानमा छन् ।

पारसले अलराउन्डरतर्फ राशिद खान, रोहित शर्मा, हार्दिक पान्ड्या, क्रिस गेल र आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् । राशिद ३० औं , रोहित ३९ औं , हार्दिक ४१ औं , गेल ४३ औं र रसेल ५३ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ सोमपाल कामी ६७ औं स्थानमा छन् । टि २० बलिङतर्फ वसन्त रेग्मी १ स्थान खस्किदै ७२ औं स्थानमा पुगेका छन् । सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३२ सय रुपैयाँले

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रङ परिमार्जन

काठमाडौँ, ८ असोज । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको

काठमाडौँ, ८ असोज । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान