के तपाईँले अरुको नामको सिमकार्ड गर्नुभएको छ ?

काठमाडौँ, १९ भदौ । अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।

प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए ।

‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने ।

प्राधिकरणका अध्यक्ष खनालले तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको त्यस विषयमा पछि निर्णय गर्ने उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै