एक वर्षमा २० अर्बको मोवाइल आयात

काठमाडौँ, १७ भदौ । गत आर्थिक वर्ष २०७५/७६ मा मोबाइल सेटको आयात ३१ प्रतिशतले घटेको छ । आव २०७४/७५ मा ६२ लाख २३ हजार मोबाइल सेट आयात भएकोमा ७५/७६ मा ४२ लाख ४७ हजार मात्रै सेट नेपाल भित्रिएको हो ।

आव २०७४/७५ मा २४ अर्ब ८७ करोडको मोबाइल भित्रिएको थियो । गत वर्ष भने १९ अर्ब ८७ करोडको मोबाइल नेपाल आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार मोबाइल आयात घट्दा पनि राजस्व भने बढेको छ । आव २०७४/७५ मा मोबाइलबाट सरकारले ३ अर्ब ३८ करोडको भन्सार राजस्व उठाएकोमा गत आवमा ३ अर्ब ५२ करोड रुपैयाँ उठेको छ ।

आव २०७४/७५ सम्म मोबाइल आयात गर्दा लाग्ने भ्याटको ४० प्रतिशत राजश्व पुनः व्यापारीले नै फिर्ता पाउँथे । तर, बजेट भाषणमार्फत अर्थमन्त्री युवराज खतिवडाले सो सुविधा कटाएर थप ५ प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने प्रवन्ध गरे । यसका कारण राजश्व केही बढेको भन्सार विभागका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी