गुगलले स्मार्टफोनको कारखाना सार्दै

एजेन्सी, १२ भदौ । गुगलले आफ्नो पिक्सेल स्मार्टफोनको उत्पादन कारखाना चीनबाट भियतनाम सार्ने भएको छ ।

दक्षिणपूर्वी एसियामा सस्तो मूल्य श्रृंखला निर्माणका लागि गुगलले भियतनामा कारखाना स्थापना गर्ने निर्णय गरेको हो । यही वर्षबाटै कारखाना सार्ने कार्यको सुरुवात हुने भएको छ ।

पछिल्लो समयमा अमेरिका र चीनबीचको व्यापार युद्धका कारण करलगायतका खर्चमा भएको वृद्धिका साथै चीनमा श्रमिकको ज्यालामा बढोत्तरीका कारण गुगलले यस्तो निर्णय गर्नुपरेको बताइएको छ ।

गुगलले पिक्सेल फोन मात्र नभई स्मार्ट स्पिकर गुगल होमको उत्पादन पनि चीनबाट बाहिर सार्ने योजना बनाएको छ । सबैभन्दा पहिले यो वर्षको अन्त्यसम्ममा पिक्सेल थ्री ए फोनको उत्पादन चीनबाट भियतनाम सारिनेछ । गुगलले यो वर्ष ८० लाख देखि १ करोडको संख्यामा पिक्सेल स्मार्टफोन बिक्री गर्ने योजना बनाएको छ । जुन अघिल्लो वर्षभन्दा दोब्बर हो ।

गुगलको स्मार्ट स्पिकरको उत्पादनमध्ये केही चीनबाट थाइल्याण्डमा सार्ने गुगलको योजना छ । यद्यपि, कम्पनीको नयाँ प्रोडक्ट विकास तथा हार्डवेयरको सुरुवाती उत्पादन भने चीनमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र

काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक

काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ