काठमाडौँ, ९ भदौ । सामसुङले नयाँ फ्ल्यागसिप फोन ग्यालेक्सी ‘नोट टेन’ र ‘नोट टेन प्लस’ सार्वजनिक गरेको छ ।
काठमाडौँमा एक कार्यक्रमकाबीच दक्षिण कोरियाली बहुराष्ट्रिय प्रविधि कम्पनीले ग्यालेक्सी ‘नोट टेन’ र ‘नोट टेन प्लस’ विश्वकै शक्तिशाली स्मार्टफोन रहेको भन्दै सार्वजनिक गरेको हो ।
उक्त सार्वजनिक फोनमा आधुनिक प्रविधि जडान गरिनुका साथै क्यामेराको गुणस्तर उत्तम भएको बताइएको छ । यसमा थ्रीडी स्क्रिनिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
मोबाइलमा प्रयोग गरिएको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभवप्रदान गर्ने कम्पनीले बताएको छ ।







