चीनले पाँच वर्षसम्म निःशुल्क स्याटलाइट इमेज उपलब्ध गराउने

काठमाडौँ, ९ भदौ । नापी विभागले विकास निर्माणका आयोजना निर्माण गर्नुपूर्व अति आवश्यक पर्ने स्याटलाइट इमेज लिन थालेको छ । नापीले समग्र नेपालको स्याटलाइट इमेज लिन थालेको हो ।

विकासनिर्माण र पूर्वाधार विकासका लागि अद्यावधिक स्याटलाइट इमेज आवश्यक पर्छ । चीन सरकारको सहयोगमा यस्तो इमेज लिने व्यवस्था मिलाइएको हो । गत वर्षदेखि चीन सरकारको सहयोगमा इमेज उपलब्ध गराउन थालिएको हो । चीनले पाँच वर्षसम्म निःशुल्क रूपमा यस्तो इमेज उपलब्ध गराउने भएको छ ।

गत वर्ष नेपाल सरकार र चीन सरकारबीच निःशुल्क रूपमा इमेज उपलब्ध गराउने सम्झौता भएको थियो । नेपाललाई आवश्यक पर्ने इमेज सम्बन्धित निकायहरूले आफैँ किन्ने गरेका थिए । विभिन्न विकास निर्माणका काममा आवश्यकताअनुसार विश्वका स्याटलाइट सप्लायर्सबाट यस्तो इमेज किन्ने गरिएको थियो । यस्तो इमेज निकै महँगो हुने गर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टी तयार