काठमाडौँ उपत्यकामा डेंगी फैलियो

काठमाडौँ, ६ भदौ । साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगी संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ । अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले बताए ।

चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी संक्रमण हुन्छ । यो लामखुट्टे कालो र सेतो मिसिएको छिर्केमिर्के हुन्छ । डेंगी भाइरस संक्रमित भएका लामखुट्टेले टोकेको अवस्थामा मानिसलाई पनि यो संक्रमण हुन्छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्