भक्तपुर, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार ग्रेड वृद्धिका लागि दिन पाउने परीक्षा भदौ २२ र २३ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने जनाएको छ ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले दिन सक्नेछन् । त्यस्तै, दुई विषयमा परीक्षा दिनेहरूका लागि भने पहिलो दिन सानो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ भने दोस्रो दिन ठूलो कोड नम्बर रहेको विषयको परीक्षा हुने बोर्डले जनाएको छ ।





