काठमाडौँ, ८ साउन । आइसीसी टी २० विश्वकपको नेपाल र मलेसियाबीच आज हुने भनिएको खेल वर्षाले प्रभावित बनेको छ ।
क्वालिफायर एसिया फाइनल अन्तर्गत सिंगापुरमा नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षा बाधक बन्दा टस हुन सकेको छैन ।
इन्डियन एसोसिएसन ग्राउण्डमा टस हुने समयअघिनै पानी पर्न थालेको थियो । आजको खेल भएमा नेपालका कप्तान पारस खड्का नखेल्ने पक्का भएको छ ।
आजको खेल नभएमा नेपालले विजेता बनेर ग्लोबल क्वालिफायर पुग्न बाँकी दुबै खेल जित्नु पर्नेछ भने अन्य खेलको नतिजा समेत कुर्नु पर्नेछ ।






