देशमै पहिलोपटक टेलिकमको फाइबर सेवा शुरु

बाग्लुङ, ३० असार । नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ ।

टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमूनाका रुपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि (तामाका तार)को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शुभारम्भ गरिएको नेपाल टेलिकम बागलुङले जनाएको छ । नेपाल टेलिकम बागलुङले फाइबर तार बिछ्याउने काम सम्पन्न गरेर सेवाग्राहीको घरघरसम्म तार टाँग्ने र डिभाइस वितरण गरी सेवाको शुभारम्भ गरेको हो ।

टेलिकमले नेपालका विभिन्न ठाउँमा फाइबरमार्फत इन्टरनेट सेवा प्रदान गरे पनि बागलुङमा भने इन्टरनेट र फोन दुवै सेवा फाइबरमार्फत दिन थालिएको हो । अबको एक महीनाभित्र सम्पूर्ण ग्राहकलाई कपर विस्थापित गरेर फाइबरमा लगिसक्ने योजना रहेको टेलिकमले जनाएको छ ।बागलुङ बजार क्षेत्रमा रहेका करीब तीन हजार बढी ल्याण्डलाइन टेलिफोन तथा सोही सङ्ख्याका एडिएसएल इन्टरनेटका सेवाग्राहीले एकैसाथ फाइबर प्रविधिको भ्वाइस तथा डाटाको सेवा लिन पाउनेछन् ।

हाल बागलुङ बजारको रामरेखा तथा उपल्लचौरबाट टेलिकमले आइतबारदेखि नयाँ ग्राहकलाई फाइबर सेवा शुरु गरिएको हो । कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुतगतिमा चल्नेछ । टेलिकमको नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस प्रदान गरिएको छ ।

हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएसदेखि ५ एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधिको प्रयोग हुँदा घटीमा आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिमा चल्नेछ । टेलिकमले बागलुङ बजारको जमीनमा अप्टिकल फाइबर बिछ्याएर छ हजारभन्दा बढी ग्राहकले लाइन तान्न मिल्ने गरी छ वटा क्याबिनेटसमेत निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी