एजेन्सी, १६ असार । भारत सरकारले सोसल मिडिया कम्पनीहरुमाथि प्रयोगकर्ताका डाटाहरु देशभित्रै राख्न दबाव दिने भएको छ ।
भारत सरकारले आगामी महिना सबै विदेशी सोसल मिडिया कम्पनीहरुले भारतमा आफ्नो सेवा दिनका लागि अनिवार्य रुपमा लाइसेन्स लिनु पर्ने कानून ल्याउँदैछ ।
भारतले अमेरिकालाई स्पष्टसँग भनिसकेको छ कि राष्ट्रहितसँग सम्बन्धित यो मामिलामा कुनै पनि सम्झौता गरिने छैन । प्रयोगकर्ताको डाटाको सुरक्षाको विषयमा भारत सरकारले माग गरेको सहयोग सोसल मिडिया कम्पनीहरुले उपलब्ध नगराएसँगै भारत सरकारले सोसल मिडियामाथि पाबन्दी लगाउने कानून बनाउने बाटोमा अघि बढेको थियो । जस अनुसार यी सबै सोसल मिडिया कम्पनीहरुले भारतीय प्रयोगकर्ताका डाटा भारतभित्रै राख्नु पर्नेछ ।
यदि भारतको माग मानिएमा विश्वका अन्य देशहरुले पनि त्यस्तै माग गर्नसक्ने र त्यस्तो भएमा सबै देशमा लाइसेन्स लिनु सम्भव नरहेको भनाइ सोसल मिडिया कम्पनीहरुको छ ।







