२२ विद्यालयमा शिक्षकले लगाए ताला

जुम्ला, १६ असार । जुम्लाको २२ वटा विद्यालयमा तलब नपाएको भन्दै निजी शिक्षकहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

सिंजा गाउँपालिकाका गाउँपालिकाका २२ वटै विद्यालयमा कार्यरत ६३ शिक्षकले तलब नपाएको भन्दै आइतबार विद्यालयमा तालाबन्दी गरेका हुन् ।

२२ वटै विद्यालयका शिक्षकहरूले तलबका लागि व्यवस्थापन समितिलाई असार ११ गतेसम्मको अल्टिमेटम दिएको तर त्यो पुरा नभएपछि ताला लगाउन बाध्य भएको बताएका छन ।

आन्दोलनमा उत्रिएका निजी शिक्षकहरुले भने तलब उपलब्ध नभएसम्म ताला नखोल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने