काठमाडौँ, १३ असार । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





