काठमाडौँ, १२ असार । बिहीबार नेप्से १ अंकले घट्यो भने सेन्सेटिभ परिसूचक बढेको छ ।
नेप्से परिसूचक १ अंकले घटेको छ भने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३५ अंकले बढेको छ । १ सय ७२ कम्पनीको ६२ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । तर कारोबारमा आएका अधिकांश समुहमा गिरावट आएको छ ।
बिहीबार पनि हिमालयन डिस्टिलरीको शेयर कारोबार सबैभन्दा बढी झण्डै १५ करोड रुपैयाँको भएको छ । मल्टिप्रपोज फाइनान्सका शेयरधनीले ९ दशालव १५ प्रतिशतले कमाएका छन भने आइएमई जनरल इन्स्योरेन्सका शेयरधनीले ४ दशालव ७५ प्रतिशतले गुमाएका छन् ।





