काठमाडौँ, २ असार । इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि शानदार जित निकालेको छ ।
आइतबार भएको खेलमा भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले वर्षाका कारण निर्धारित ४० ओभर र ३०२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै मात्र २१२ रन बनायो । भारतले पाकिस्तालाई ८९ रनले पराजित गरेको हो । यो भारतको लगातार दोस्रो जित हो ।




