काठमाडौँ, ३० जेठ । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारत भिड्दै छ ।
नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल हुदैछ ।
यसअघि भएको खेलमा न्युजिल्यान्डले जित हात पारेको छ । आफ्नो पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । यसअघि खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।





