विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित

 एजेन्सी, ३० जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको छ ।

इंग्ल्याण्डमा बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५ ओभर ४ बलमा अलआउट हुँदै २६६ रनमा समेटियो ।

पाकिस्तानका लागि इमाम उल हकले ५३, मोहमद हाफिजले ४६, वाहब रियाजले ४५, कप्तान सर्फराज अहमेदले ४०, हसन अलीले ३२ र बाबर आजमले ३० रन बनाए । पाकिस्तानका मोहमद आमिरले ५, शाहिन शाह अफ्रिदीले २ तथा हसन अलि, वहाव रियाज र मोहमद हफिजले समान १/१ विकेट लिए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ३, केन रिचार्डसन र मिचेल स्टार्कले २/२ तथा नाथन कुल्टर नाईल र कप्तान आरोन फिन्चले १/१ विकेट लिए ।अष्ट्रेलियाको लागि डेभिड वार्नरले १ सय ७, कप्तान आरोन फिन्चले ८२, ग्लेन म्याक्सवेलले २०, शन मार्शले २३, उस्मान खवाजाले १८ र नाथन कुल्टर नाईलले २ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको