एजेन्सी, ३० जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको छ ।
इंग्ल्याण्डमा बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५ ओभर ४ बलमा अलआउट हुँदै २६६ रनमा समेटियो ।
पाकिस्तानका लागि इमाम उल हकले ५३, मोहमद हाफिजले ४६, वाहब रियाजले ४५, कप्तान सर्फराज अहमेदले ४०, हसन अलीले ३२ र बाबर आजमले ३० रन बनाए । पाकिस्तानका मोहमद आमिरले ५, शाहिन शाह अफ्रिदीले २ तथा हसन अलि, वहाव रियाज र मोहमद हफिजले समान १/१ विकेट लिए ।
अष्ट्रेलियाका पाट कुमिन्सले ३, केन रिचार्डसन र मिचेल स्टार्कले २/२ तथा नाथन कुल्टर नाईल र कप्तान आरोन फिन्चले १/१ विकेट लिए ।अष्ट्रेलियाको लागि डेभिड वार्नरले १ सय ७, कप्तान आरोन फिन्चले ८२, ग्लेन म्याक्सवेलले २०, शन मार्शले २३, उस्मान खवाजाले १८ र नाथन कुल्टर नाईलले २ रन बनाए ।






