विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै

काठमाडौँ, २९ जेठ । विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै छ ।

अष्ट्रेलिया र पाकिस्तानबीच हुने खेल टाउटोनको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

सन् १९९९ पछि पहिलोपल्ट विश्वकपमा जवाफी ब्याटिङ गरेर पराजित भएको अष्ट्रेलिया इंग्ल्याण्डमा जारी आईसीसी एकदिवशीय विश्वकपमा बुधबार पाकिस्तानविरुद्ध पुनरागमन जित हासिल गर्ने लक्ष्यमा हुनेछ ।

आफ्नो पूरा शक्तिका साथ अष्ट्रेलियाको बलिङ आक्रमण भारतविरुद्धको खेलमा संघर्षरत देखिएको थियो । ३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ब्याट्सम्यानले साविक विजेताको साख जोगाउन आफ्नो शतप्रतिशत प्रदर्शनको प्रयास गरेका थिए ।

पाकिस्तान आफूमाथि लागेको ‘अप्रत्यासित टिम’को ट्यागमा खरो उत्रिएको छ र अहिलेसम्म प्रतियोगितामा त्यसको विपरित प्रदर्शन गरिरहेको छ । टाउटोनमा बुधबार सुख्खा र बदलीयुक्त दिनको पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, १० असार । नेपाल बक्सिङ महासंघको आयोजनामा असार ११ गतेदेखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने ३०औँ राष्ट्रिय पुरुष तथा

काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । अमेरिकाको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली