जित्यो पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

ललितपुर, २७ जेठ । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।

२५–१६ ले पहिलो सेट आफ्नो पक्षमा पार्दै भलिबलमा विभागीय दबदबा तोड्ने संकेत गरेको थियो । तर लगातार पछिल्ला तीन सेटमा भने गण्डकीले सोचेजस्तो प्रदर्शन गर्न सकेन ।

आर्मीले २५–८ ले दोस्रो सेट जीतेपछि एक–एकको बराबरी गरेको थियो । आर्मीले २५–१० ले गण्डकीलाई निराश बनाएको थियो । चौथो सेटमा आर्मीले २५–१६ को जीत निकाल्दै लगातार चौथो पटक प्रधान सेनापति कप पुरुष भलिबलको उपाधि जित्न सफल भयो । विजेतासँगै आर्मीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उप विजेता भएकाे गण्डकी प्रदेशले १ लाख ७५ हजार र तेस्राे भएकाे नेपाल पुलिस क्लबले ७५ हजार पाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, १० असार । नेपाल बक्सिङ महासंघको आयोजनामा असार ११ गतेदेखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने ३०औँ राष्ट्रिय पुरुष तथा

काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । अमेरिकाको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली