हुवावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

काठमाडौँ, २७ जेठ । अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ ।

हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपडेट गर्न पाउने फेसबुकले जनाएको छ । तर, अब बन्ने नयाँ हुवावे फोनमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप हुने छैन ।

स्मार्टफोन उत्पादकहरुले फेसबुक, इन्स्टाग्रामजस्ता एप्स आफ्ना सेटमा पहिल्यै इन्स्टल गरेर ग्राहककहाँ पठाउन सम्बद्ध कम्पनीसँग व्यापारिक सम्झौता गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा