फिफाको अध्यक्षमा इन्फान्टिनो निर्वाचित

काठमाडौँ, २२ जेठ । विश्व फुटबल महासंघ (फिफा)को आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः जियानी इन्फान्टिनो निर्वाचित भएका छन् ।

फ्रान्सको पेरिसमा भएको फिफाको वार्षिक साधारणसभाले इन्फान्टिनोलाई दोस्रो कार्यकालको लागि सर्वसम्मतले ४९ वर्षीय इन्फान्टिनोलाई निर्वाचित गरेको हो ।

सन् २०१५ मा भ्रष्टाचारको आरोपमा तत्कालिन अध्यक्ष सेप ब्लाटर निलम्बनमा परेपछि फिफाको अध्यक्षमा इन्फान्टिनो चुनिएका थिए । उनी फिफाको अध्यक्षमा निर्वाचित भएलगतै केही महत्वाकांक्षी योजना पेश गरेका थिए । सन् २०२६ देखि विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाएको छ ।

फिफा कंग्रेसमा नेपालको तर्फबाट भने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ