धादिङ्गका विद्यार्थीलाई बालकोटका शर्मा परिवारको सहयोग

सातजना विद्यार्थीको सहकारीमा खाता पनि खोलियो

धादिङ्ग, १६ जेठ । भक्तपुर बालकोट निवासी समाजसेवी किरण कुमार शर्माको परिवारले धादिङ्गको निलकण्ठ नगरपालिका १४ धुवाकोटस्थित तमैरातमाटे माद्यमिक विद्यालयलाई एक थान कम्प्युटर, प्रिन्टर, शैक्षिक सामाग्रीको साथै ७ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र अन्य विपन्न विद्यार्थीलाई विद्यालय पोशाक, स्कुल व्याग, शैक्षिक सामग्री र सरसफाई सम्वन्धी सामाग्री प्रदान गरेको छ ।

त्यतिमात्रै नभई छात्रवृत्ति प्रदान गरिएका ती ७ जना विद्यार्थीलाई वचत गर्ने बानी बसाल्नका लागि समाजसेवी शर्माले स्थानीय सहकारीमा खाता पनि खोल्नको लागि प्रति विद्यार्थी ५ सय रुपैयाँका दरले वचत रकम समेत उपलब्ध गराए ।

समाजसेवी शर्माको नेतृत्वमा उनका परिवार सदस्य तथा आफन्तहरु सो विद्यालयमा पुगेर कम्प्युटर लगायतका शैक्षिक सामाग्री सो विद्यालयका प्रधानाध्यापक लोकजंग शाहलाई हस्तान्तरण गरेका थिए भने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

यसैगरि शर्माले सो विद्यालयको वालक्लवलाई प्रोत्साहन स्वरुप २ हजार नगद सहयोग गर्नुको साथै विद्यालयलाई सहयोग गर्ने महिला समुहलाई टिकाथली ललितपुर निवासी किरण सिलवाल र गीता सिलवालले उपलव्ध गराएको ३५ मिटर कपडा समेत हस्तान्तरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फौद बहादुर पुरीको सभापतित्वमा आयोजित शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकजंग शाहले आफ्नो विद्यालयमा पहिलोपटक भक्तपुरको बालकोटदेखि सहृदयी दाता आएर सहयोग गरेकोमा खुसी व्यक्त गर्दै सरकारले गर्नुपर्ने सहयोग एकजना व्यक्तिले गरेकोमा अचम्म माने ।

एकैजना दाताले विपन्न विद्यार्थीलाई पढाउने जिम्मेवारी लिएकोमा समाजसेवी शर्माप्रति आभार व्यक्त गर्दै यस्तो सहयोग भविष्यमा पनि निरन्तर रहने आशा व्यक्त गरे ।

कार्यक्रममा स्थानीय निलकण्ठ नगरपालिका १४ नं वडाका अध्यक्ष श्यामबहादुर शाहले भक्तपुरको बालकोटदेखि आएर विद्यालयलाई शैक्षिक सामाग्री र विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको भन्दै विद्यालयको तर्फबाट समाजसेवी शर्मालाई सम्मानपत्रद्वारा सम्मानित गरे ।

कार्यक्रममा बोल्दै समाजसेवी शर्माले आफु र आफ्नो परिवारले धादिङ्गका विपन्न विद्यार्थीलाई सानै भएपनि पढ्ने वातावरण मिलाइदिएको उल्लेख गर्दै सरकारले भने काम कम प्रचार बढी गरेकोमा दुःख व्यक्त गरे । गाउँगाउँमा च्याउ झैं उम्रेका गैरसरकारी संस्थाहरुले वालवालिकालाई सहयोग गर्नुभन्दा उनीहरुको नाम बेचेर संस्था धनी बन्ने गरेकामा पनि शर्माले आपत्ति जनाए ।

भक्तपुरदेखि आफ्नो विद्यालय र विद्यार्थीलाई सहयोग गर्न आईपुगेका समाजसेवी शर्माको परिवार तथा अन्य सहयोगीलाई विद्यालय प्रशान र विद्यार्थीहरुले लामवद्ध भई पुष्पगुच्छाद्वारा स्वागत गरेका थिए ।

यसैगरि समाजसेवी शर्माकै एकल प्रयास र नीजि खर्चमा गतवर्षदेखि धादिङ्गकै दामेचौरस्थित श्री आदर्श माविमा अध्ययनरत २६ जना विपन्न परिवारका विद्यार्थीलाई दिँदै आएको विद्यालय पोशाक, स्कुल ब्याग, शैक्षिक सामाग्री र सरसफाई सम्वन्धि सामग्री यसपालि पनि प्रदान गरेका छन् । २६ मध्ये ४ विद्यार्थीले भने यसपालि माद्यमिक शिक्षा परिक्षा दिएर बसेका छन ।

सो विद्यालयमा आफ्ना छोराछोरी पढाउने विपन्न परिवारका महिलालाई शीप विकासको साथै आत्मनिर्भरताको लागि समाजसेवी शर्माले गतवर्ष सिलाई मेशीनसमेत सहयोग गरेका थिए ।

विपन्न परिवारलाई निःशुल्क भोजन गराउँदै आएको प्रेम रावत फाउण्ेडशनका सेविकाहरुको पोशाक सिलाउनका लागि टिकाथलीका सिलवाल दम्पत्तिले उपलव्ध गराएको ७० मिटर कपडा पनि सोही अवसरमा हस्तान्तरण गरिएको थियो । सिलवाल दम्पत्तिले उपलव्ध गराएको १ सय ५ मिटर कपडामध्ये ३५ मिटर कपडा तमैरातमाटेका महिला समुहको लागि उपलव्ध गराइएको थियो ।

विपन्न विद्यार्थीको खाजाको लागि बालकोट निवासी श्यामकुमार पौडेलले प्रेम रावत फाउण्डेशनका लागि खाद्यान्न उपलब्ध गराएका थिए । सो फाउण्डेशनले विद्यार्थीलाई निशुल्क खाजा खुवाउँदै आएको छ ।

छात्रवृत्ति र शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको सभापतित्व आदर्श माविका प्रधानाध्यापक विष्णु गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ