एजेन्सी, १३ जेठ । अफ्रिकी मुलुक कंगोमा रहेको माइ–न्दोम्बे तालमा डुंगा डुब्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा १२ महिला, ११ बालबालिका र सात पुरुष रहेको जनाइएको छ । डुंगामा ३५० जना चढेको र तीमध्ये १८३ जना मात्र बाँचेको बताइएको छ ।
धेरैजसो अवैध आप्रवासी भएको हुन सक्ने भएकाले यात्रुको यकिन संख्या निर्धारण गर्न नसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।





