करियर विल्डिङ्गका छात्राहरु ‘आत्मरक्षा’ कला सिक्दै

काठमाडौं, ११ जेठ । पछिल्लो समयमा वालिका, किशोरी, युवतीदेखि वृद्धा हजुरआमासम्म यौनहिंसामा पर्न थालेपछि करियर विल्डिङ्ग इन्टरनेशल एकेडेमी (सिबिआईए) पेप्सीकोला टाउनप्लानिङ्गले जतिखेर पनि घट्न सक्ने यस्ता घटनाबाट सुरक्षित रहन विद्यालयका सबै छात्रालाई आत्मरक्षाको कला सिकाउन शुरु गरेको छ ।

राजधानीको विद्यालयमा पढ्ने छात्राहरुलाई यसप्रकारको आत्मरक्षाको कला सिकाउने पेप्सीकोलाको करियर विल्डिङ्ग नैं संभवत पहिलो नीजि विद्यालय हो । नेपाल सेल्फ डिफेन्स एशोसियसन, नेपाल सेल्फ डिफेन्स मार्शल आर्ट अर्गनाइजेशन तथा करियर विल्डिङ्ग इन्टरनेशल एकेडेमी (सिबिआईए) को संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको आत्मरक्षा तालीम एकहप्तासम्म चल्नेछ । तालीममा ४ कक्षादेखि १० सम्मका सबै छात्रा सहभागी हुने विद्यालयले जनाएको छ ।

छात्राहरुमा असुरक्षा हुँदा उनीहरुको मनमा डर पैदा हुने र मनमा डर हुँदा कमजोर हुने हुनाले आत्मरक्षाको तालीम दिएपछि उनीहरुमा आत्मविश्वास बढ्ने र निडर हुने विद्यालयका प्रिन्सिपल हेम राईले बताए । ‘समाजमा बलात्कार, हत्या र हिंसा जस्ता घटना रोक्ने पहिलो प्रयास नै छात्राहरुलाई आफ्नो आत्मरक्षा गर्नसक्ने कला सिकाउनु हो’ पिन्सिपल राईले भने ।

विद्यार्थीहरुलाई अबाकस गणित शिक्षा, रोबोट र लेगो रोबोटिक्स सिकाउने त्यस भेगको पहिलो विद्यालय भएको उल्लेख गर्दै छात्रालाई आत्मरक्षाको तालीम सञ्चालन गर्ने पनि करियर विल्डिङ्ग पहिलो विद्यालय भएको प्रिन्सिपल राईले दावी गरे । पहिलो चरणमा छात्रा र दोस्रो चरणमा सबै शिक्षिकालाई आत्मरक्षाको तालीम दिएर सक्षम बनाउने विद्यालयको याजना रहेको विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठले बताए ।

तालीमको उद्घाटन गर्दै नेपाल सेल्फ डिफेन्स एशोसियसनका केन्द्रीय अध्यक्ष एवम् सोलुखुम्बु जिल्ला खेलकूद संघका अध्यक्ष डी बि रानापालले सानासाना वालिकादेखि, छात्राहरुसमेत घरको चुल्होचौकोदेखि सार्वजनिक यातायात, विद्यालय, भीडभाड कतैपनि सुरक्षित नभएकोले नेपाल सेल्फ डिफेन्स एशोसियसन उनीहरुलाई यसप्रकारको आत्मरक्षाको तालीम सञ्चालन गर्न थालेको बताए । चारवर्षअघि संस्था दर्ता गरि विधिवत रुपमा मुलुकका ७७ वटा जिल्लाका नीजि तथा सार्वजिनक विद्यालयका छात्रालाई यसप्रकारको आत्मरक्षाको तालीम दिने संस्थाको उद्धेश्य रहेको पनि अध्यक्ष रानापालले बताए ।

नेपाल सेल्फ डिफेन्स एशोसियसनकी मुख्य प्रशिक्षक सञ्जु महर्जनले २० वटा जिल्ला संघमार्फत विभिन्न नीजि तथा सामुदायीक विद्यालयका छात्राहरुलाई आत्मरक्षाको तालीम दिएर उनीहरुलाई आफ्नो सुरक्षा आफैंले गर्नसक्ने तरीका र कला सिकाएको र ४ वर्षको अवधिमा २० हजारभन्दा बढी छात्रालाई आत्मरक्षाको तालीम दिईसकेको बताइन । पछिल्लो समयमा विभिन्न नगरपालिका र सामुदायीक प्रहरीसंग मिलेर यस्ता तालीम सञ्चालन गर्दै आएको पनि उनले बताइन ।

कार्यक्रममा मुख्य प्रशिक्षक महर्जनले कतै आफुमाथि दुव्र्यबहारका घटना भएमा त्यसको प्रतिकार गर्दै आत्मरक्षा गर्ने नमुना कला पनि प्रर्दशन गरेकी थिइन् । आत्मरक्षा तालीम उद्घाटन समारोहमा सोलुखुम्बुका समाजसेवी रविन्द्रकुमार श्रेष्ठ र राजकुमार गुरुङ्गको साथै आत्मरक्षा तालीमका पाविधिक प्रमुख राधिका ऐर हमाल, प्रशिक्षकहरु सपना बराल, हरिजन क्षेत्री र तिलक घिमिरेको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ