पोखरा विश्वविद्यालय र नेपाल बैंकर्स संघबीच सम्झौता : वित्तिय साक्षरता प्रर्वद्धनका लागि सहकार्य गर्ने

काठमाडौँ, १० जेठ । पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेस र नेपाल बैंकर्स संघबीच वित्तिय साक्षरता प्रवद्र्धनका लागि सहकार्य गर्ने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको छ ।

नेपाल बैंकर्स संघको कार्यालय, काठमाडौंमा भएको सम्झौता अनुरुप विश्वविद्यालयका व्यवस्थापन संकायका विद्यार्थीहरुलाई देशभर परिचालित गरिने विश्वविद्यालयका निर्देशक डाक्टर रविन्द्र घिमिरेले बताए । घिमिरेका अनुसार विद्यार्थीहरुको इन्र्टनसिप र अन्य खाली समयमा योजना बनाएर अभियान सञ्चालन गरिनेछ ।

नेपाल सरकारले अगाडि सारेको हरेक नागरिकलाई बैंक खाताको पहुँचमा ल्याउने “खोलौं बंैक खाता अभियान” मा पनि विद्यार्थीहरुले बैंकहरुलाई सघाउनेछन् । यो अभियान मार्फत विद्यार्थीहरुले संघसँग मिलेर नेपालका विभिन्न ठाउँहरुमा वित्तिय साक्षरताको अभिवृद्धि गर्नका लागि जनचेतना कार्यक्रम गर्नुका साथै “एक व्यक्ति एक बैंक खाता अभियान” लाई सार्थक समेत बनाउनेछन् ।

त्यसै गरी बैंक तथा वित्तिय क्षेत्रको बारेमा अध्ययन, अनुसन्धान तथा प्रकाशन कार्यलाई समेत दुवै पक्षले प्राथमिकतामा राख्ने सहमति भएको छ । यस्ता कार्यका लागि संघले विश्वविद्यालका शिक्षक तथा विद्यार्थीहरुलाई सहयोग गर्ने समेत सम्झौतामा उल्लेख छ ।

सम्झौतामा निर्देशक डाक्टर रविन्द्र घिमिरे र संघका अध्यक्ष एवम् नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई