प्रधानाध्यापकको विवादले विद्यालय बन्द

अर्घाखाँची, ९ जेठ । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेना शिवाहदह माविमा धानाध्यापकको विवादले एक हप्तादेखि विद्यालय बन्द भएको छ ।

विद्यालयको भौतिक निर्माणमा दलका प्रतिनिधिले हस्तक्षेप गरेको, बहालवाला प्रधानाध्यापकलाई हटाउन खोजिएको भन्दै विद्यार्थी आन्दोलित बनेपछि ५ सय भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

विद्यालयमा शौचालय निर्माणका लागि नगरपालिकाबाट परेको सात लाख, वडा कार्यालयबाट परेको तीन लाख, पुस्तकालय निर्माणका लागि प्रदेश सरकारबाट आएको तीन लाख रुपैयाँको काम नै गर्न नदिएर फ्रीज गराउन खोजेको भन्दै विद्यालयमा तालाबन्दी गरिएको छ ।

वहालवाला प्रधनाध्यापक कृष्णप्रसाद शर्मालाइ हटाएर पहिला स्रोत ब्यक्ति बनेका गिरीबहादुर थापालाई प्रधानाध्यापक बनाउन एक पक्षीय लागेको स्थानीयको आरोप छ । पहिला देखिनै प्रधनाध्यापकको जिम्मेवारी सम्हाली रहेका कृष्णप्रसाद शर्मालाई नै प्रधनाध्यापक बनाउनु पर्ने स्थानिय र विद्यार्थीको समेत माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ