सिपिएल टि-२० का लागि सन्दीप अनुबन्धित

काठमाडौँ, ९ जेठ ।  नेपालका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल टि-२०)का लागि अनुबन्धित भएका छन् ।

प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत् सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले अनुबन्ध गरेको हो । लेग स्पिनर सन्दीपले सिपिएलमा वेस्ट इन्डिजका पूर्व फास्ट बलर वास्टार्ट ड्रेकका छोरा डोमिनिक ड्रैक्ससँगै बार्बाडोस ट्रिडेन्टसबाट लिग खेल्ने भएका हुन् ।

सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर (नेपाली करिब ७७ लाख ७० हजार)मा किनेको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको